जनकपुर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली निरङ्कुश र नश्लवादी भएको आरोप लगाएका छन् । जसपाले जनकपुरमा गरेको कार्यक्रममा बोल्दै यादवले ओलीले महेन्थपथ समातेका समेत आरोप लगाएका छन् ।
यादवले ओली संघीयता विरोधी भएको भन्दै संसद विघटन गरेर चुनाव कुनैपनि हालतमा नगराउने पक्षमा सरकार रहेको हुनसक्ने बताएका छन् । उनले ओलीले तत्काल संकटकाल लगाउन सक्ने पनि आशंका व्यक्त गरे ।
युवाहरुलाई प्रशिक्षण दिँदै यादवले ओलीले कुनैपनि समयमा प्रदेशलाई विघटन अथवा खारेजसम्म गर्नसक्ने बताएका छन् । पार्टीमा झगडा भयो भनेर ओलीले देशमा नै आगो लगाएको उनको टिप्पणी छ ।
प्रतिक्रिया