नुवाकोटका पुर्व माओवादीका सेक्सन कमान्डर सहित एकदर्जन कार्यकर्ता नेपाली कांग्रेस प्रवेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ पुष २०७७, आईतवार ०६:११

नुवाकोट । नेपाल कम्यनिष्ट पार्टी नेकपा विभाजन भएसँगै पार्टीका कार्यकर्ताहरु निराश हुँदै अन्य पार्टी प्रवेशको लहर चलेको छ ।

यसैक्रममा शनिवार नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर १ लच्याङ्गका पुर्व जनमुत्ति सेनाका सेक्सन कमाण्डर अनिल तामाङसहित एक दर्जन नेकपाका कायत्रकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् । उनीसहित एकदर्जन नेता तथा कार्यकर्तालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व अर्थमनित्र डा.रामशरण महतले उनीहरुलाइृ स्वागत गरेका छन् ।

उनीहरुलाइ डा.महतल टिका र खादा लगाएर पार्टी प्रवेशद गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै डा. रामशरण महतले सरकारले असंवैधानिक कदममार्फत संसद विघटन गरेकोले सबैले त्यसको प्रतिवाद गर्नुपर्ने बताए ।

नेपाली कांग्रेसका प्रभावशाली नेता एबं पुर्व अर्थमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन असंवैधानिक र अप्रजान्त्रिक कदम भएको बताएका छन् । नेता महतले आफ्नो घरभित्रको झगडा मिलाउन नसकेर संसदलाई बलि चढाउनु ओलीको ठुलो भुल भएको र इतिहासले उनलाई कहिले माफी समेत दिन नसक्ने बताएका छन् ।

ओलीले पाटि भित्रको शक्ति संघर्षले  संविधानमा हुँदै नभएको प्रावधानअनुसार सदन भंगको घोषणा गरेको प्रति आपत्ति जनाएका छन् । आन्तरिक र बाह्य शक्तिको कारणले संसद भंग गर्नु महाभूल गरेको प्रतिक्रिया महतले दिदै कांग्रेसलाई चुनाबमा जादा फाइदा भएतापनि गलत यस्तो गलत प्रक्रियाबाट गएकोले प्रतिपक्षको ठुलो दल काङ्ग्रेसले आपति जनाएको हो ।

यस्तै कांग्रेस प्रवेश गरेका युवाहरुले सरकारले गरेका कामहरुप्रति जनता सन्तुष्ट नभएको र उनीहरुले अपेक्षा अनुसार काम नगरेको भन्दै पार्टी परित्याग गरेको बताए ।

No description available.

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१