नेकपाका दुबै पक्षलाई आयोगको पत्र : ‘कानुनी ढाँचा र पुष्टि हुने प्रमाणसहित आधिकारिकता दावी गर्न आउनू’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ पुष २०७७, आईतवार ०४:५४

काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुबै पक्षलाई आफू आधिकारिक रहेको पुष्टि गर्ने प्रमाणसहित कानुनी ढाँचाको निवेदन लिएर आयोगमा आउन पत्राचार गरेको छ ।

आयोगको हिजो बसेको बैठकले राजनीतिक रुपमा विभाजित नेकपाका दुबै पक्षलाई आफ्नो पक्षको आधिकारिकता पुष्टि गर्ने प्रमाणसहित दावी निवेदन पेस गर्नका लागि पत्र पठाएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठकाअनुसार आयोगले दुबै पक्षलाई कानुनी ढाँचामा निवेदन ल्याउन पत्र पठाएको छ । पत्रमा म्याद नतोकिएपनि सामान्यतया यस्तो पत्रको म्याद एक साताको हुने गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१