प्रचण्ड-माधवलाई ओलीको कटाक्ष : सुन्तला खान सल्लाघारी गएर हुन्छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ पुष २०७७, आईतवार ०४:४८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन परिस्थितिको उपज भएको भन्दै आफ्नो कदम संवैधानिक भएको बताएका छन् । ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको पदको लोभले अहिलेका परिस्थिति बनेको पनि दावी गरेका छन् ।

ओलीले नेताहरु प्रचण्ड र नेपाललाई भेट्नु कुहिएर झरेको फलको संज्ञा दिएका छन् । उनले ‘भेट्नु कुहिएर झरेको फलले बोट मेरो हो भन्न कतिको सुहाउँछ’ भन्दै प्रश्न गरेका छन् ।

प्रधानमन्त्री ओलीले पदकै आशा भएको भए पार्टीको आधिकारिक बैठकमा आउनुपर्ने बताएका छन् । प्रचण्ड-माधव समूहले आफूलाई अध्यक्षबाट हटाएकोप्रति व्यङ्ग्य गर्दै ओलीले जसको घर उसकै पुच्छर बाहिर भन्दै प्रश्न गरेका थिए ।

प्रधानमन्त्री ओलीले पदका लागि साही ठाउँको बैठकमा जानुपर्ने बताए । माधव नेपालप्रति संकेत गर्दै ओलीले ‘सुन्तला खानको लागि सुन्तलाघारी जानुपर्छ, सल्लाघारी गएर हुन्छ’ भन्दै व्यङ्ग्य गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१