जाडोयाममा रुघाखोकीबाट बच्ने पाँच उपाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ पुष २०७७, शुक्रबार ०५:५८

एजेन्सी । जाडो मौसम सुरु भएको छ र यो मौसममा अनेकौं रोग र समस्याहरु पनि साथै आउने गर्छन् । यिनीहरुमा कफ (रुघाखोकी) पनि एउटा हो । खोकी लाग्नुको एउटा ठूलो कारण हो टाउको, खुट्टा, छाती र कानमा लाग्ने चिसो हावा ।
रुघाखोकीबाट बच्ने उपायहरु यसप्रकार छन् । जसमा खानाका परिकारमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ :
१) जाडो मौसममा मानिसहरुलाई रुघाखोकीको समस्या हुनु सामान्य जस्तै भएको छ । जाडोमा अधिकांश मानिसहरुको डाइट(मोटोपना) बढ्छ । त्यसकारण ती परिकारको सेवन गर्नबाट बच्नुपर्छ जसले रुघाखोकी लाग्छ । रुघाखोकी पानी र चिल्लो पदार्थको प्रतीक हो । आयुर्वेदमा खोकीलाई भारी, जाडो, मृदु, चिल्लो, मीठा र स्थिर आदि गुणबाट युक्त मानिएको छ । शरीरमा सिगान बग्ने समस्या धेरै समयसम्म रहन्छ, र कैयौपटक एकदमै पीडा पनि हुन्छ ।
२) दूधबाट बनेको बस्तुहरु नखानुस् किनकि नाकबाट सिगान धेरै बग्छ । जाडोमा सिगान बग्न नदिन यो उत्तम उपाय हो । चिल्लो पदार्थ भरिएको बस्तु, जस्तै घ्यू, मक्खन तेलको प्रयोग नगर्नुस् ।
३) धेरै सेलरोटी, पुरी र चिल्लो पदार्थयुक्त खाना नखानुस् । यसमा धेरै चिल्लो हुन्छ जसले शरीरमा जलन पैदा गर्छ र इम्यून सिस्टम कमजोर हुन्छ । यस्तोमा शरीर चिसोको खोकीसँग लड्न सक्दैन् । मीठो र भारी पदार्थहरुको अधिक सेवन गर्दा पनि खोकीको समस्या हुन्छ ।
४) फास्ट फूड र प्रोसेस्ड फूड अर्थात पकाउँदै प्याकेटमा बन्द फूड त जाडोयाममा मात्र नभई हर स्थितिमा मानव शरीरका लागि प्रतिकुल हुन्छ । यसले मानव शरीरमा नोक्सान गर्छ भने पोषक तत्व पनि हुँदैन् । उल्टै इम्यून सिस्टम खराब हुने खतरा अझै बढछ । त्यसैले यो नखानुस् ।
५) मदिरा पनि यो स्थितमा अझै खतरनाक साबित हुन्छ । मदिरामा रहेका तत्वले शरीरलाई इन्फेक्शनसँग लड्ने क्षमता कमजोर बनाइदिन्छ र साथै डीहायड्रेट (पानीलाई सुख्खा) पनि गरिदिन्छ । जबकि खोकीमा शरीर पूरै तरिकाबाट हायड्रेटेड रहनुपर्छ अर्थात शरीरमा पानी र तरलता बनिरहनुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१