इमाडोलमा ९ वर्षीया बालिका बलात्कृत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ पुष २०७७, शुक्रबार ०५:२८

काठमाडौँ। ललितपुरको इमाडोलमा ९ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बालिका बलात्कारको अभियोगमा उनको घर छेऊ बस्ने ४२ वर्षका हर्कबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले पक्राउ गरेर अनुसन्धान थालेको एसएसपी किरण बज्राचार्यले बताइन् ।

प्रहरीका अनुसार पैसा दिने प्रलोभनमा बालिकालाई बलात्कार गरिएको भन्दै किटानी जाहेरी परेपछि विकलाई पक्राउ गरी अनुसन्धान थालिएको उनले जानकारी दिइन ।

विकविरुद्ध ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१