बालुवाटार जग्गा प्रकरण : ९१ लाख बिगो मागदावी रहेकी ढकाल्नी दुई लाख धरौटीमा रिहा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ पुष २०७७, शुक्रबार ०५:२२

काठमाडौं । बालुवाटारको ललितानिवासको सरकारी जग्गा आफ्नो नाममा गराएको अभियोग लागेकी उमाकुमारी ढकाल्नी विशेष अदालतबाट धरौटीमा रिहा भएकी छन् ।

विशेष अदालतमा थुनछेक बहसका लागि आज उपस्थित भएकी ढकाल्नीलाई २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको हो । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९१ लाख २० हजार रुपैयाँ बिगो माग गरेको थियो ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरु नित्यानन्द पाण्डे र अब्दुल अजिज मुसलमानको इजलासले ढकाल्नीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनी बालुवाटार प्रकरणमा मुख्य अभियुक्त रहेका डा. शोभाकान्त ढकालकी पत्नीसमेत हुन् । बालुवाटारको ललितानिवास परिसरको सरकारी र सार्वजनिक जग्गा बेचेको आरोप लागेका डा. ढकालसँग ३९ करोड रुपैयाँभन्दा बढी बिगो मागसहित विशेषमा मुद्दा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१