धनुषामा भएको खुल्ला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी हिमालय युवा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ आश्विन २०७१, आईतवार १०:११

सिरहा, ५ असोज । शिक्षा तथा बाल दिवसको अवसरमा धनुषाको नक्टाझिजमा भएको खुल्ला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी आयोजक श्री हिमालय युवा क्लवले हात पारेको छ । आज भएको सानदार र अत्यन्त रोचक फाइनल खेलमा धनुषाको शिवशक्ति युवा क्लव बटेश्वरलाई हराउँदै हिमालय युवा क्लवले उपाधी हात पारेको होे । टस जितेर पहिलो व्याटिंग गरेको शिवशक्ति युवा क्लव बटेश्वरले निर्धारित २० ओभरमा अलआउट हुँदै ७० रन बनाएको थियो । ७१ रनको ल्छय पाएर जवाफी मैदानमा उत्रिएको हिमालय युवा क्लव नक्टाझिजले ९ ओभरकै प्रगतिमा १ विकेट गुमाएर जितको नजिक पुगेको थियो ।

खेल चलि रहेको समयमा वर्षा भएपछि तत्काल खेल १० मिनेट रोकिएको थियो । वर्षा रोकिएपछि बटेश्वर टिमका कप्तान अनिल लामाले आफ्नो खेलाडीहरु खेल्न नमानेको र आफ्नो टिमको हार स्वीकार गरेकोले हिमालय टिमको जित भएको एम्पायरलाई बताएका थिए ।। एम्पायर उमाशंकर महतो र शियानन्द महतोले बटेश्वर टिमलाई खेल्न पटक–पटक समय दिएर आग्रह गर्दा पनि नमानेकाले हिमालय युवा क्लवलाई आइसीसी क्रिकेटको नियमानुसार विजेता घोषणा गरेका थिए ।

सो खेलमा म्यान अफ दि म्याच नक्टाझिज टिमका सुनिल कुमार सिंहलाई प्रदान गरिएको छ । त्यस्तै यस प्रतियोगितामा बेस्ट बलरको उपाधी सुशिल सहनी, बेस्ट व्याट्सम्यानको उपाधी महादेव सिंह, म्यान अफ द सिरिजको उापधी अनिल गौतमलाई प्रदान गरिएको छ । प्रतियोगिताका विजेता हिमालय युवा क्लवलाई नगद रु. १० हजार ५१ र दोस्रो भएको शिव शति युवा कलब लार्ई ५ हजार ५१ सहित शिल्ड तथा खेलाडीहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरिएका ेथियो। विजेता टिमलाई क्लवका अध्यक्ष अरुण कुमार महतो र कसमस सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक प्रशान्त श्रेष्ठले संयुक्त रुपमा ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेको थिए ।
त्यस्तै प्रतियोगितामा विभिन्न ११ वटा मिडिया पार्टनरहरुलाई समेत सम्मान गरिएको थियो । प्रतियोगिताको समाचार नियमित प्रशारण तथा सम्प्रेसन गरेर सहयोग गरेका मधेशस्पेशल डटकम अनलाईन, द पब्लिक टुडे राष्ट्रिय दैनिक पत्रिका, डेली एक्सप्रेस, मिथिला डटकम, मिथिलाञ्चल विशेष, जलेश्वर टुडे, शिरिष साप्ताहिक, सनसनी खबर साप्ताहिक, क्षीरेश्वरनाथ साप्ताहिक तथा रेडियो मिथिला १००.८ मेगाहर्ज जनकपुर, रेडियो गौशाला ९३.६ मेगाहर्ज गौशाला महोत्तरी र रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया सिरहालाई सम्मान गरिएको प्रतियोगिताका संयोजक महतोले जानकारी दिएका छन् । यता प्रतियोगिताको क्रममा विभिन्न सामग्रीहरु तथा नगद दिएर सहयोग गरेका व्यक्ति तथा संस्थाहरुलाई समेत सम्मान गरिएको छ ।
भदौ १४ गते शनिवारदेखि शुरु भएको सो प्रतियोगितामा धनुषा, महोत्तरी र सिरहाको गरि १६ वटा क्रिकेट टिमहरुको सहभागिता थियो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१