काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ६४ प्रतिशतको बहुमतप्राप्त सरकारले प्रतिनिधिसभा विघटन नहुने बताएका छन् ।
काठमाडौँको बबरमहलस्थित एक पार्टी प्यालेसमा उपत्यकामा उपलब्ध सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड-माधवलाई चुनाव नहोला कि भ्रममा नपर्न पनि आग्रह गरे ।
‘६४ प्रतिशत बहुमत प्राप्त दलको सर्वसम्मत नेताको हैसियतमा प्रतिनिधिसभा विघटन गरेको हुँ, बाँकी ३६ प्रतिशतबाट सरकार बन्न सक्दैन, विघटनपछि को कहाँ छ भन्ने कुराले अर्थ राख्दैन,’ ओलीले भने ।
बरू सडक आन्दोलन छाडेर चुनावी तयारीमा लागे प्रचण्ड-माधवको केही सिट सुरक्षित हुने उनले बताए । ‘केही सिट जित्न चुनावको तयारीमा लाग्नुस्, चिसोमा सडकमा नबस्नुस्,’ उनले भने । माधव नेपाललाई उनले प्रचण्डको मामुली कार्यकर्ता भएको टिप्पणी गरे ।
प्रचण्डसँगको सम्झौताले आफ्नो एउटा ब्रिफकेश नै भरिएको उनले बताए । दाहालसँग थुप्रै सम्झौता गरिसकेकाले अब कति सम्झौता गर्ने भन्दै उनले प्रश्न गरे । ‘प्रचण्डसँगको सम्झौताले मेरो एउटा ब्रिफकेश भरिएको छ । कति सम्झौता गर्नु,’ उनले भने ।
‘पार्टीको कार्यकारी अध्यक्षको प्रस्ताव पनि उहाँले नै सचिवालयमा राख्नुभयो । मैले हुन्छ भनिदिए ,’ ओलीले भने, ‘भोलिपल्ट मैले गल्ती गरेँ कि क्या हो कमरेड भनेर मलाई भन्नुभयो ।’
प्रतिक्रिया