मन्त्रिपरिषद् बैठकबाट निर्मला प्रकरणमा मुछिएका बिष्टकाे पुनर्वहाली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ पुष २०७७, बिहीबार ०५:०८

काठमाडाैं । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले निर्मला पन्तको बलात्कार र हत्या काण्डपछि निलम्बनमा परेका एसपी डिल्लीराज विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको छ।

कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कार र हत्या अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै निलम्बनमा परेका प्रहरी उपरीक्षक (एसपी) विष्ट बर्खास्तमा परेका थिए।

गृह मन्त्रालयले एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरी सेवाबाट हटाएको थियो। बर्खास्तमा परेका एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले पुनर्वहालीको माग गर्दै मन्त्रिपरिषदमा निवेदन दिएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१