वैशाखमा कुनै पनि हालतमा चुनाव गर्न नसके ओलीलाई जनताले सिंहदरबारबाट सडकमा फाल्ने छ : नेता जगद्विश्वर नरसिंह केसी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ पुष २०७७, मंगलवार ०४:३६

नुवाकेाट । नेपाली कांग्रेस नुवाकोटका सभापति एवं पूर्वसभासद जगदीशश्वर नरसिंह केसीले वैशाखमा चुनाव भएन भने केपी शर्मा ओलीलाई नेपाली जनताले सिंहदरबारबाट समातेर सडकमा फाल्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १, चैाघडा बजारमा र क्षेत्र नं :२ ले बिदुर मा सोमबार आयोजित कार्यक्रममा सभापति केसीले वैशाखमा चुनाव हुनेमा शंका व्यक्त गर्दै चुनाव हुन नसके ओलीलाई जनताले सडकमा ल्याएर पछार्ने बताएका हुन् । ‘केपी ओलीजी वैशाखमा चुनाव त घोषणा गर्यो । चुनाव गर्न सक्छौं कि सक्दैनौं । चुनाव नगर्ने षड्यन्त्र गरेर दुई/तीन वर्ष सत्ता शासन सत्ता हातमा लिने नियत हो भने वैशाखसम्म कांग्रेस चुनावको लागि पर्खौला । जब चुनाव हुन सक्दैन । नेपाली जनताले तिमीलाई सिंहदरबारबाट समातेर सडकमा ल्याएर फाल्ने छ । त्यो दिन टाढा छैन,’ उनले भने ।नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलेाकतान्त्रिक कदमको विरुद्वमा आयोजित विरोध प्रदर्शनमा नेता केसीले ओलीको कदमले संविधानमाथि उपहास भएको र संविधानलाई खड्ग ओलीको खड्गले काट्ने काम भएको टिप्पणी गरे । ओलीले असंवैधानिक कदम चलाएको भन्दै उनले प्रश्न गरे, ‘ओलीजी यो देशलाई कुन ठाउँमा पुर्याउन चाहन्छौ ? नेपालको संविधान ध्वस्त गर्न चाहन्छौ । नेपाली जनताको लोकतान्त्रिक अधिकार खोस्न चाहन्छौ ?’ ओलीको निरंकुश सर्वसत्तावाद चरित्र देखिएको र उनले संविधानमाथि कु गरेको नेता केसीको भनाइ थियो । अलोकतान्त्रिक कदमको विरुद्धमा कांग्रेस उभिएको भन्दै लोकतन्त्र बहाली नभएसम्म आन्दोलन जारी रहने उनले बताए । ‘केपी शर्मा ओलीले उनको खड्ग उनका पार्टीका नेता कार्यकर्तालाई प्रयोग गरुन् हामीलाई टाउको दुखाइको विषय भएन । तर नेपालको संविधानमा त्यो खड्ग प्रयोग गर्न पाइँदैन । त्यो खड्ग प्रहार गरेर संविधान हत्या गर्न पाइँदैन । लोकतन्त्रको हत्या गर्न खोजिएको छ । लोकतन्त्रको हत्या भनेको हामी सबैको हत्या हो । लोकतन्त्र बहाली नभएसम्म हाम्रो आन्दोलन गाउँ गाउँमा जारी रहन्छ’ उनले भने ।No description available.No description available.No description available.No description available.

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१