बलिउड गायिका नेहा गर्भवती, फ्यानहरु अश्चर्यचकित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ पुष २०७७, आईतवार ०४:०३

एजेन्सी । बलिउड गायिका नेहा कक्कड विवाह भएको दुई महिनामै गर्भवती भएकी छिन ।

उनले इन्स्टाग्राममा एउटा रोमान्टिक फोटो सेयर गर्दै आफू आमा बन्न लागेको जानकारी गराएकी हुन । २४ अक्टोबरमा नेहाले रोहनप्रित सिंहसँग विवाह गरेकी थिइन्।

नेहाले इन्स्टाग्राममा रोहनप्रितसँगएउटा फोटो सेयर गरेकी छन । जसमा उनी ‘बेबी बम्प’गरिरहेकी छिन्। नीलो पहिरनमा सजिएकी नेहाले फोटो क्याप्सन लेखेकी छन्, ‘ख्याल राख्नू है’।

यो खुसीको खबरपछि नेहाका फ्यान अचम्ममा परेका छन । किनकि उनको विवाह भएको धेरै भएको छैन । मात्रै २ महिना भएको छ ।

विहे गरेको केवल २ महिनामै ह्वात्तै पेट बढेको देखिएकोमा केहीले विभिन्न खाले प्रश्न उठाएका छन् भने केहीले बधाई पनि दिएका छन्।

नेहाले रोहन प्रितसँग प्रेममा रहेको केही समयपछि नै विवाह गरेकी थिइन्। ‘नेहु दा ब्याह’ शिर्षकको गीतको म्युजिक भिडियो सुटिङका क्रममा उनीहरूको भेट भएको थियो।

उनीहरूको यो भेट छिट्टै प्रेममा बदलिएको थियो। हनिमुनका लागि उनीहरू दुबई गएको डिएनए इण्डियाले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१