कांग्रेस बैठकमा प्रतिनिधिसभा विघटनको विरोध

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ पुष २०७७, बिहीबार ०४:३९

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा आज बोल्ने केन्द्रीय सदस्यले प्रतिनिधिसभा विघटन कार्यको विरोध गरेका छन् । केन्द्रीय सदस्यले प्रतिनिधिसभा विघटन संविधानको मर्मविपरीत भएकाले यसको विरोधमा देशव्यापी प्रदर्शन गर्नुपर्ने सुझाव दिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले भोलिको बैठकले देशव्यापी विरोध प्रदर्शनबारेमा ठोस निर्णय लिने उनले बताए । बैठकले यही पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका कार्यक्रम देशव्यापीरुपमा मनाउने निर्णय पनि गरेको छ ।

बैठकले कोरोना भाइरस सङ्क्रमित भई हाल अस्पतालमा उपचाररत पार्टीका पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलालगायत अन्य सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीको धारणा बनाउन कांग्रेस बैठक मङ्गलबारदेखि जारी छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा आज केन्द्रीय सदस्य डा रामशरण महत, बलबहादुर केसी, आनन्दप्रसाद ढुङ्गाना र गगनकुमार थापाले आ–आफ्नो धारणा राख्नुभएको थियो । केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पुस ९ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१