काठमाडौँ। प्रधानमन्त्री एवं नेकपाका प्रथम अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् ।
उनले १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।
साविकको केन्द्रीय कमिटीमा उनले ५५६ जना थपेको जनाइएको छ । ओलीले अरू १९७ जना पनि थप्ने गरी १ हजार १९९ जनाको महाधिवेशन महाधिवेशन आयोजक समिति प्रस्ताव गरेका हुन् ।
कसैलाई कारबाही गरिन्न-ओली
बैठकमा ओलीले आफूले पार्टी नफुटाउने र कसैलाई पनि कारबाही गर्ने मनसाय नभएको बताएका छन्। बाहिर हल्ला गरिएको जस्तो पार्टी फुटाउने वा अरू कसैलाई कारबाही गर्ने नभइ पार्टीलाई सुदृढ बनाउँदै लाने आफ्नो योजना भएको उनले सुनाए ।
‘मेरो मनसाय पार्टी फुटाउँने हैन र छैन पनि । पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउने हो महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व सुम्पिने नै हो म मेरो पूर्ववत घोषणामा अडिग छु,’ ओलीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।
प्रतिक्रिया