रेफ्रीले वेश्यासंग मस्ती गर्दा ….. हेर्नुहोस भिडियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ आश्विन २०७१, आईतवार ०६:३९

सिंगापुरका एक व्यापारी खेल मिलेमतो गराउन लेबनानका तीन रेफ्रीलाई वेश्या उपलब्ध गराएवापत बिहीबार तीन वर्षका लागि जेल चलान गरिएका छन्।
युरोपका खेलसमेत मिलेमतो गराउने बाजीगरहरूको मुख्य


थलोमा सिंगापुर बदनाम भइरहेको बेला नाइट क्लबका मालिक ३२ वर्षे इरिक डिङ सी याङलाई भ्रष्टाचारको अभियोगमा जेल चलान गरिएको हो।
गत वर्ष सिंगापुरमा एक खेल हुनुअघि ३५ वर्षे रेफ्री अली साबाघ, ३४ वर्षे सहायक रेफ्री अली इद र ३८ वर्षे सहायक रेफ्री अब्दालाह तालेबलाई घुसस्वरुप वेश्या उपलब्ध गराएकोमा
याङ यसै महिना दोषी सावित भएका थिए।
जिल्ला न्यायाधीश तोह युङ चोङले सिंगापुरको प्रतिष्ठा नै खेल मिलेमतो विवादले धरापमा परेको बताउँदै दोषीलाई कडा कारबाही गर्नुपर्ने बताए। ‘याङले लेभनिज रेफ्रीलाई खेलदौरान मैदानमा आफू अनुकूल निर्णय गराउन यौनजन्य सेवा उपलब्ध गराएको प्रमाणित भयो। खेल मिलेमतो गराएर ठूलो रकम बाजीमा लगाउनेको पक्षमा रेफ्रीलाई प्रभावित पार्ने थलोमा सिंगापुरको बदनाम भइरहेको छ,’ न्यायाधीशले भने।
एसियाली फुटबल महासंघ (एएफसी) कपको खेल खेलाउन आएका तीनै रेफ्री २०१३ को अप्रिलमा पक्राउ परेका थिए। पक्राउ परेका कारण उनीहरूले सिंगापुरको क्लब टाम्पिनेस रोभर्स र भारतको इस्ट बंगालबीचको खेल खेलाउन पाएनन्। तीनै रेफ्री दोषी सावित भएपछि साबाघलाई ६ महिनाको जेल सजाय दिइयो भने अली इद र अब्दालाह तालेबले तीन महिना जेलमा बिताउनुपर्योर।
जुलाई १ मा अदालतले दोषी ठहराउनुअघि याङले आफू खेल मिलेमतो गराउने अपराधी नभएको बताउँदै आएका थिए। उनले आफूलाई खेल मिलेमतोबारे लेख्न रुचि भएको स्वतन्त्र पत्रकारमा दाबी गरेका थिए। बहसक्रम सरकारी वकिलले याङलाई ६ वर्ष जेल सजायका साथै ३ लाख सिंगापुर डलर जरिवाना माग गरेका थिए।
…यो अदालतको निर्णयले अन्तर्राष्ट्रिय समुदायलाई खेल मिलेमतोविरुद्ध हाम्रो सामूहिक प्रयासको सन्देश दिनेछ। सिंगापुरमा खेल मिलेमतो र खेलकुदमा हुने कुनै पनि खालका भ्रष्टाचारलाई ठाउँ छैन भनेर हामी प्रमाण दिन सक्छौं,’ सरकारी वकिलहरूले भनेका थिए।
सिंगापुर पुलिसले गत वर्ष सेप्टेम्बरमा पनि खेल मिलेमतोको विश्वव्यापी माफिया नेटवर्कसँग सम्बन्ध भएको विश्वास गरिएका १४ जना पक्राउ गरेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१