सरकारले गर्यो बेलायतबाट नेपाल आउनेलाई रोक्ने निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ पुष २०७७, बुधबार ०४:५२

काठमाडौं । अब बेलायतबाट नेपाल आउन नपाइने भएको छ । नेपाल सरकारले बेलायत बाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउन समेत रोक लगाएको छ । मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बेलायतमा नयाँ भाइरस देखिएको र भाइरस पहिलेको भन्दा बढी संक्रामक भएको बताउँदै सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको बताइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईका अनुसार युरोपियन युनियनले बेलायतसँग सिधा उडान र आवतजावत रोकेपछि नेपाल सरकारले पनि नेपाल प्रवेशमा रोक लगाइएको हो ।

बैठकले पुस १ गते यता नेपाल आएकाहरुले अनिवार्य रुपमा ७ दिन क्वारेण्टाइन बसी जाँच गरेपछि मात्र गन्तब्य जान पनि अनुरोध गरेको छ । यस्तै आज नेपाल आउन ट्रान्जिटमा रहनु हुनेले अनिवार्य रुपमा १० दिन होटल क्वरेण्टाइन बसि परीक्षण गरेर मात्र घर जान पनि सरकारले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१