बुढानिलकण्ठ नगरपालिकाको सामाजिक विकास समिति संयोजकमा शान्ता ढकाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ पुष २०७७, मंगलवार १९:०२

काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाले सामाजिक विकास समिति संयोजकको जिम्मेवारी नगर कार्यपालिका सदस्य शान्ता ढकाललाई दिएको छ।बुढानिलकण्ठ नगर कार्यपालिकाको पुस १ गते बसेको बैठकले ढकाललाई उक्त जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो।करिव २ दशक नेपालको शिक्षा क्षेत्रमा सक्रिय रहेकी ढकाल स्थानीय निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ बाट लोकप्रिय मत सहित विजयी बनेकी थिइन्। नगरपालिकाको स्वास्थ्य ,शिक्षा ,धर्म संस्कृति ,बालबालिका ,महिला तथा जेष्ठ नागरिकहरुका विभन्न मुद्दा तथा सरोकारका विषयहरुमा नीति निर्माण ,योजना तथा कार्यक्रम निर्माण तथा कार्यान्वयन जस्ता महत्वपूर्ण जिम्मेवारी बहन गर्नुपर्ने सो समितिमा संयोजक ढकाल संगै वडा नं ४ का अध्यक्ष राजु खड्का ,वडा नं ८ का अध्यक्ष सुमन तामाङ ,नगर कार्यपालिका सदस्य तारा रोक्का र नगरको सार्वजनिक लेखा समितिका संयोजक पुरुषोत्तम नेपाल सदस्य रहेका छन। केवल भौतिक विकासले मात्र सम्पूर्ण विकासको मापन नहुने र यसमा सामाजिक विकासको निकै महत्वपूर्ण भूमिका रहने बताउदै ढकालले नगरपालिकाले दिएको जिम्मेवारीलाई नगरवासीको हितमा केन्द्रित राखेर पुरा गर्ने प्रतिवदत्ता व्यक्त गरेकी छन। सामाजिक विकास समितिको क्षेत्र र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा निकै फराकिलो र गहन भएकोले यस संग सम्बन्धित सबै सरोकारवाला पक्षहरुको सहभागिता र सुझाव समेट्दै ठोस कार्ययोजना निर्माण गरेर अगाडी बढ्ने बताउदै उनले रचनात्मक सुझाव र सल्लाहका लागि सबैमा अनुरोध गरेकी छन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१