सिन्धुलीकी १०४ वर्षीया महिलाले बल्ल पाइन नागरिकता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ पुष २०७७, मंगलवार ०६:०१

सिन्धुलीमाढी । सिन्धुलीकी एक बयोबृद्धा महिलाले १०४ वर्षको उमेरमा बल्ल नेपाली नागरिकता पाएकी छन् ।

कमलामाइ–१३ स्थित माथिल्लो रानीवासकी १०४ वर्षीया वृद्धा छत्रमाया मगरले नागरिकता पाएकी हुन् । वृद्ध मगरले प्राप्त गरेको नागरिकता नं. २०–०१–७७–०३२९६ रहेको छ ।

नागरिकतामा उल्लेख भए अनुसार उनी १९७४ माघ १५ गते जन्मिएका हुन् । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत भिम बस्नेतका अनुसार, आउने माघ १५ गतेबाट छत्रमाया १०४ वर्ष उमेर पुग्नेछ ।

राज्यले दिने सेवा सुविधाबाट बञ्चित रहेको थाहा पाएपछि नागरिकता बनाइदिन आफुले समेत जनप्रतिनिधिलार्इ भनेर पहल गरेको बस्नेतले बताए । नागरिकता प्राप्त गरेपछि सामाजिक सुरक्षा भत्ता अन्य सेवा सुबिधा पाइने भनेपछि एकाघर परिवारका नातीले सिन्धुली जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाइदिन उनलाई ल्याएका थिए ।

नाती पदमबहादुर ठाडामगरका अनुसार, हजुरआमा छत्रमायाले अलिअलि बोल्ने र कान सुन्छन् । बाबुहरुले नै नागरिकता बनाइदिएको होला भनेर आफुले वास्ता नगरेको पदमबहादुरले बताए ।

वृद्धा छत्रमायाले नागरिकता नपाएको आफुलाइ हेक्का नभएकाले सामाजिक सुरक्षा भत्ताबाट वञ्चित रहँदै आएकोमा पछुतो लागेको वडाध्यक्ष किरण माझीले दुखेसो पोखे ।

परिवार र अन्यबाट नागरिकता नरहेको जानकारी पाएपछि व्यक्तिगत खर्चमा अटो रिजर्भ गरेर जिल्ला प्रशासन कार्यालयमा ल्याइ नागरिकता दिलाएको उनले बताए । अब सामाजिक सुरक्षा भत्ताको लागि कागजपत्र पेश गरिने माझीले जानकारी दिए ।

बयोबृद्द महिलाका पति तुलवहादुर मगरको भने मृत्यु भइसकेको छ । नाति पदमबहादुरका अनुसार, तुलवहादुर मगरको चार जना श्रीमतीमध्य अहिले नागरिकता पाउने छत्रमाया कान्छी हुन् ।

छत्रमायाबाट सन्तान भएन । अहिले नागरिकता पाउने वृद्धाले पहिला बहुविवाह लाग्ने डरले नागरिकता नबनाएको हुनसक्ने उनका नातिको अनुमान छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१