प्रधानमन्त्रीमाथि अनुशासनकाे कारबाही

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ पुष २०७७, सोमबार ०५:३३

काठमाडौं । बालुवाटारमा बसेको सत्तारुढ नेकपाको स्थायी समिति बैठक सकिएको छ । बैठकले संसद विघटनको विरोध गर्दै प्रधानमन्त्रीको अलोकतान्त्रिक कदमको आलोचना गरेको छ ।

बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको विधानको धारा ५६ अनुसार अनुशासनको कारबाही गर्ने निर्णय गरेको हो । संसद विघटन गर्नु अलोकतान्त्रिक कदम भएकाले कारबाहीको निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यस्तै, बैठकले स्थायी कमिटीको एउटा रिक्त रहेको स्थानमा पूर्वसभामुख कृष्ण बहादुर महरालाई नियुक्त गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ ।

बैठकले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिमार्फत भएको संसद विघटनलाई अलोकतान्त्रिक कदम भन्दै घोर भर्त्सना गरेको छ । बैठकले निरंकुश कदमको विरोध गर्न तथा पार्टी र संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षणमा जुट्न आग्रह गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१