काठमाडौं । बिहानैदेखि पार्टीका नेताहरूकाे घरघर पुगेका प्रधानमन्त्री केपी शर्मा ओली साँझ शीतलनिवास पुगेका थिए । करीब एक घण्टा राष्ट्रपति विद्यादेबी भण्डारीसँग भेटवार्ता गरी प्रम ओली बालुवाटार फर्किएका छन् ।
उनीहरूबीच के बिषयमा कुराकानी भयाे भन्ने यकीन भएकाे छैन । स्थायी समितिकाे बैठककाे पूर्व सन्ध्यामा प्रम ओलीकाे याे दाैडलाई अर्थपूर्ण रूपमा हेरिएकाे छ ।
बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगेका प्रम ओली, प्रचण्डकाे क्याम्प छाेडेका भनिएका सचिवालय सदस्य रामबहादुर थापाकाे निवास पुगेका थिए ।
बिहानको भेटमा प्रचण्डले ओलीको प्रस्ताव स्वीकार नगरेसँगै ओलीले पुल्चोक मन्त्रीनिवास पुगेका गृहमन्त्री राम बहादुर थापा लगायतका मन्त्रीहरुसँग छलफल गरेका थिए । दिनभरको छलफलपछि ओली राष्ट्रपति निवास पुगेका हुन् ।
राष्ट्रपतिसँगको भेटमा पार्टीभित्रको राजनीतिक अवस्थासहित संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विषयमा छलफल भएकाे हुनसक्ने बालुवाटार स्रोतले छ ।
प्रतिक्रिया