काठमाडौँ। बिहीबार साँझ ५ बजेलाई बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । राष्ट्रिय सभाका अध्यक्ष तथा प्रतिनिधिसभाका सभामुखको सचिवालयले बैठक स्थगित भएको जनाएको हो ।
स्रोतका अनुसार प्रधानन्यायाधीश बैठकमा उपस्थित नहुने भएपछि बैठक स्थगित गरिएको हो ।
प्रधानन्यायाधीश पनि उपस्थित नभएको खण्डमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको उपस्थितिमा मात्रै बैठक गर्नुपर्ने हुन्थ्यो ।
अध्यादेशअनुसार पनि बैठकले निर्णय गर्नलाई अध्यक्षसहित ३ जना आवश्यक हुन्छ ।
संवैधानिक परिषद्को बैठकमा सभामुख अनुपस्थित भएपछि ओलीले ८ महिनाअघि विवादित भएर फिर्ता गरेको अध्यादेश मंगलबार पुनः राष्ट्रपतिबाट जारी गराएका थिए ।
चौतर्फी विरोधपछि बुधबारको स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिन ओली तयार भएका थिए ।
प्रतिक्रिया