महाविद्यालय गोकर्णेश्वर ४ को भवन शिलान्यास

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ पुष २०७७, बिहीबार ०५:३५

काठमाडौं । गोकर्णेश्वर नगरपालिका ४ मा सहयोगी महाविद्यालयको भवन शिलान्यास भएको छ। विंसं. २०६० सालमा स्थापना भएको महाविद्यालयले यसअघि सहयोगी माविको भवनमा पढाई सञ्चालन गर्दै आइरहेकोमा भूकम्प पश्चात भवन अभाबमा गोकर्ण माविको बिध्यालय भवनमा पढाई संचालन हुँदै आएको थियो।

सो महाविद्यालयमा एक सय १५ जना विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन्। करिब १५ करोड एक लाख ७५ हजार रुपैयामा निर्माण हुन लागेको सो भवनको एक कार्यक्रमका बीच नेपाल सरकारका शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिलान्यास गरेका हुन्।भवन निर्माणको लागि गोकर्णेश्वर नगरपालिकाले ४० लाख र सांसद विकास कोषबाट ५० लाख रुपैयाँबाट काम सुरु हुन लागेको कार्यक्रममा जानकारी गराइएको थियो ।

उक्त भवन शिलान्यास कार्यक्रममा संघिय सांसद कृष्ण राइ, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ती नेपाल गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ,प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारी ,वडा नं ४ का वडा सदस्य बाल कृष्ण श्रेष्ठ, जयराम महत, गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल शिक्षक बिद्यार्थी तथा स्थानीयहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता सहयोगी महाविद्यालय संचालक समितिका अध्यक्ष न्हुछे नारायण श्रेष्ठ (मिलन)ले गरेका थिए।

कार्यक्रममा महाबिद्यालय संचालक समितिका उपाध्यक्ष राजेन्द्र कुमार पण्डितले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए ।कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नेपाल सरकारका शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आयोजकलाइ धन्यबाद दिदै गुणस्तर पढाईका लागि सबै शिक्षकहरुले विद्यार्थीलाई अनुसन्धान शैलीमा पढाउनु पर्ने बताए। शिक्षकहरुले विद्यालयमा कम समय दिएको, एउटा विद्यालयमा एकछिन पढायो अनि अर्कोमा पढाउन दौडने प्रवृति देखिएको भन्दै शिक्षकहरुले अनुसन्धानात्मक बिधिलाइ आवलम्बन गर्नु पर्नेमा जोड दिदै बिध्यालय बिध्यालय दौडने प्रबित्तिले शिक्षण सिकाइ क्रियाकलाप प्रभाबकारी नहुने बताए ।

उनले आजको दिनमा परम्परागत शिक्षा भन्दा शीपमुलक शिक्षाको खाँचो रहेको भन्दै त्यस्तो शिक्षाले आत्मनिर्भर बनाउन प्रेरित गर्ने हुँदा त्यस्तो शिक्षाको खाचो रहेको पनि बताए । कार्यक्रममा संघिय सांसद कृष्ण राइ, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ती नेपाल ,गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वरको सानको रुपमा रहेको सहयोगी महाबिध्यालय निर्माणमा सबै जना जुट्नुपर्ने बताएका थिए।

अध्यक्षताको आसन बाट बोल्दै सहयोगी महाविद्यालय संचालक समितिका अध्यक्ष न्हुछे नारायण श्रेष्ठ (मिलन)ले पुरानो बिध्यालय राष्ट्र को सम्पति भएको हुँदा त्यसलाई संरक्षण गर्नु पर्नेमा जोड दिएका थिए। ऊनले सबै जना जुटेमा बिध्यालयको विकास हुने र त्यस बाट सबै जना लाभान्वित हुने बताए ।उनले उपस्थित सबैलाई धन्यबाद दिएका थिएसहयोगी महाविद्यालय गोकर्णेश्वर ४ को भवन शिलान्यास

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१