आफ्नो खातामा पैसा नभएकाे जानीजानी एक कराेडकाे चेक काट्दा जेलमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० मंसिर २०७७, मंगलवार ०५:२०

काठमाडाैं । बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक व्यक्ति कारागार चलान भएका छन् । चेक अनादर मुद्दा (बैंकिङ कसुर)मा दोषी ठहर भई फरार रहेका काठमाडौं महानगरपालिका–११ बबरमहल बस्ने ४८ वर्षीय अनिल पोद्दार आज कारागार चलान भएका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको कलङ्कीमा लुकिछिपी बसिरहेका अवस्थामा पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकामा अदालतले आजै कारागार चलान गर्न आदेश जारी गरेको हो ।

उनले आफ्नो खातामा पर्याप्त निक्षेप छैन भन्ने जानीजानी काठमाडौंका नानीबाबु खरेललाई रु एक करोड ६३ लाखको चेक काटेर दिई फरार रहेको ब्यूरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

अदालतमा दायर भएको सो मुद्दामा चेक अनादर कसूर गरेको ठहर गरी काठमाडौं जिल्ला अदालतले एक महिना कैद र रु तीन हजार जरिवानाको सजाय सुनाएको थियो । उनीबाट रु एक करोड ६३ लाख बिगो भराउने फैसलासमेत भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१