राष्ट्र बैंकले ६ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ मंसिर २०७७, सोमबार ०५:५०

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबार ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

 

केन्द्रीय बैंकका अनुसार ट्रेजरी बिल नवीकरण गर्ने प्रयोजनका लागि सूचना जारी गरिएको हो ।

कूल रु चार अर्बको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी चैत ३ गते परिपक्व हुनेछ । यस्तै रु दुई अर्बको ट्रेजरी बिल भने ३६४ दिने अवधिको रहेको छ ।

सो बिल २०७८ मङ्सिर २८ गते परिपक्व हुनेछ । बैंकले यसअघि मङ्सिर २२ गते रु १७ अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१