मानव बेचबिखनको आरोपमा तामाङ पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ मंसिर २०७७, सोमबार ०५:४८

काठमाडौँ। मानव बेचबिखनको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । मानव बेचबिखन ब्यूरोले सिन्धुपाल्चोककी अनिता तामाङ भन्ने अनिता सुनुवारलाई पक्राउ गरेको हो ।

उनलाई काठमाडौँ महानगरपालिका–७ चावहिलबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता अनुरागकुमार द्विवेदीले जानकारी दिए ।

यसअघि मङ्सिर १६ गते सोही घटनामा संलग्न रहेको आरोपमा ताप्लेजुङ, मिरिङदेङ घर भएका ४३ वर्षीय गणेशकुमार लोंवालाई काठमाडौँको महाराजगञ्जस्थित पानीपोखरीबाट पक्राउ गरिएको थियो ।

उनीहरुमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको छ । उनीहरुले विसं २०७३ को चैत ३ गते वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाइदिने प्रलोभनमा पारी पाँचजनालाई विभिन्न मुलुक हुँदै दक्षिण अफ्रिका पुर्‍याएर बिक्री गरेको खुल्न आएको छ ।

पीडितलाई शारीरिक, मानसिक र आर्थिक शोषण गरी चार-पाँच महिनासम्म बन्धक बनाएको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

कोही नभएको मौका पारी भागेर नेपाली राजदूतावासमा पुगेपछि पीडितको उद्धार भएको थियो ।

उनीहरु नेपाल आई ब्यूरोमा दिएको जाहेरीका आधारमा दुई जनालाई पक्राउ गरेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१