निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि, कुन कुनमा कति बढ्यो?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ मंसिर २०७७, आईतवार ०५:०१

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

डिसेम्बर एकमा आईओसीबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार इन्धनको भा बढेर प्राप्त भएका कारण स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार मूल्य समायोजन गरिएको निगमको दाबी छ ।

निगमको शनिबारको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा साबिकको खुद्रा बिक्री मूल्य बढाउने निर्णय गरेको निगमद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

बढेको मूल्य अनुसार पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १ सय ८ रुपैया र डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ कायम गरिएको छ । त्यसैगरी एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत कायम गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१