युवतीको बिषय कुटपिट गरी हत्या, तोरीबारीमा शव फेला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ मंसिर २०७७, आईतवार ०४:५७

ललितपुर । कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

गोदावरी नगरपालिका-११ चापागाउँ बस्ने सिन्धुली फिकल गाउँपालिका-४ घर भएका ३७ वर्षीय कुमार भन्ने नारायण बहादुर श्रेष्ठलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने उदयपुर रौतामाई गाउँपालिका-८ घर भएका २८ वर्षीय मिलन रानामगरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हाे।

युवतीको बिषयलाई लिएर बिहीबार राति रानामगरले श्रेष्ठलाई कुटपिट गरेको थियाे । कुटपिट पछि श्रेष्ठ हराइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले रानामगरलाई नियन्त्रणमा लिई श्रेष्ठको खोजी गरेकाे थियाे ।

खाेजी गर्ने क्रममा गोदावरी नगरपालिका-११ बज्रबाराही गुम्बा पछाडि तोरीबारीमा शुक्रबार साँझ श्रेष्ठको शव फेला पारेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१