ट्रकको ठक्करबाट कलंकीमा दर्जन सवारी साधनमा क्षति, एकजनाको घटनास्थलममै मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ मंसिर २०७७, शनिबार ०४:५०

काठमाडौं । काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले दर्जन सवारी साधनलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

घटनास्थलमै मृत्यु भएका पुरुषको सनाखत हुन सकेको छैन । थानकोटबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २ ०३००१ ख १४२० ट्रक कलंकीको कालिका पेट्रोल पम्प नजिक ब्रेक फेल हुँदा यातायात साधनहरुलाई ठक्कर दिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा अरु ६ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर छ ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईका अनुसार, ब्रेक फेल भएको ट्रकको ठक्करबाट एउटा घरमा समेत क्षति पुर्याएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१