काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा ११ को सार्बजानिक सुनुवाई सम्पन्न भएको छ । वडा नम्बर ११ जनगुनासो रहित वडाको रुपमा स्थापित भएको पाईएको छ । स्थानीय सरकार कार्यान्वायनमा आएसँगै सुशासनलाई पहिलो प्राथमिकता दिएकोे उक्त वडाबाट जनता सन्तुष्ट रहेको पाईएको हो ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ का अध्यक्ष राजु अधीकारीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमुख अतिथी काठमाडौं क्षेत्र नम्बर ४ ख का बागमती प्रदेश सभा सदस्य कुसुम कुमार कार्की रहेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्दब खरेल,कार्यकारी प्रमुख वैकुण्ठ सापकोटा , जनसम्पर्क सल्लाहकार सुन्दर पुर्कुटी ,पाटिका नेता कार्यकर्ता सुरक्षा निकाए,जनप्रतिनिधी तथा सरोकारवालाका साथै स्थानीयको उपस्थिती रहेको थियो ।
वडाले शुक्रबार वडाकै प्रांगणमा आयोजना गरेको आर्थिक बर्ष २०७६/०७७ को योजना तथा शान्ति सुरक्षा,बिकास निर्माण तथा सेवा प्रबाहीकरण बिषयक सार्बजानिक सुनुवाई कार्यक्रमका सहभागीहरुले स्थानीय सरकारले जन चाहाना अनुसार नै काम गरिरहेको जनाएका छन् । सहभागीले केही प्राबिधिक पक्षहरुमा समन्वय नभएको गुनासो गरे पनि समग्रमा वडाले आशातित कार्य गरिरहेको जनाएका थिए ।
वडाले सबै ठाउहरुमा निर्माण गरिरहेको सडक लगायतका बिकास निर्माणका कार्यहरु प्रशंसनीय रहेको स्थानीयले जनाएका छन् । वडाले स्थानीय सरकारको रुपमा गरिरहेको कार्यहरु शन्तोषजनक रहेको बताउँदै आगामी दिनमा वडाबासीहरु संग वडाका केहि समस्याहरु र चुनौतीहरुको अध्ययन गरी अगाडी बढ्न स्थानीयले सुझाब दिएका छन् । जनतालाई सूचना तथा सञ्चारको पहुँच दिनका लागि वडा स्तरीय अनलाइन प्रोफाइल तयार गरि सबै स्थानीय बासीहरुको जनगुनासो समेट्दै लैजान वडालाई जनताको सुझाब थियो ।
सभ्य र समृद्घ बनाउन ११ न वडाका स्थानीय बासिन्दाहरुको सहकार्यलाई निरन्तरता दिने वडा अध्यक्ष राजु अधिकारीले बताउनुभयो । सबै स्थानीयसँगको समन्वयका कारण वडाको कामलाई अगाडी बढाउन सहज भएको र भाबी दिनमा गरिने योजना बुदागत रुपमा पढेर सुनाउनुभएको थियो।
वडा न ११ का स्थानीय र मिडियाले राख्नुभएको प्रश्नको सहज रुपमा जवाफ दिदै वडा अध्यक्षले वडाबाट कुनैपनि ढिलासुस्ती नहुने समेत प्रतिबद्धता जायर गर्दै स्थानीयले उठान गरेका जिज्ञासाको जवाफ दिनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश सभा सदस्य कुसुम कुमार कार्की र नगरप्रमुखले राखेको मन्तब्यमा सहभागीले आफ्नो वडालाई समृद्द बनाउनका लागि आफै जुट्नुपर्ने बताएका भन्दै स्थानीय बासिन्दाले वडा सहित नगरमा यो कदमको खुलेर प्रसंसा गरेका थिए ।
वडा न ११ ले आयोजना गरेको कार्यक्रमको मिडिया संयोजन बोष्टर मिडियाले गरेको थियो भने राष्ट्रिय खबर डटकम र काष्ठमण्डप टेलिभिजन बाट प्रतक्ष्य लाइभ प्रसारण समेत गरिएको थियो । कार्यक्रमको सहजिकरण पत्रकार मुकुन्द ढुंगाना र सोभा त्रिपाठीले गरेका थिए । वडाका सबै सदस्य सहित कर्मचारी र स्थानीय गरि करीव १५० जना व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया