विप्लव कार्यकर्तालाई पक्रिन गृहमन्त्रीको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ मंसिर २०७७, बिहीबार ०४:२४

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा हत्या गरिएका शिक्षक राजेन्द्र श्रेष्ठका हत्यारालाई पक्राउ गर्न निर्देशन दिएका छन् । उनले बुधवार केन्द्रीय सुरक्षा समितिको बैठकमा सुरक्षा प्रमुखहरुलाई ब्रिफिङ गर्दै यस्तो निर्देशन गरेका हुन् ।

गृह मन्त्रालयमा आयोजित ब्रिफिङमा उनले शिक्षकको हत्यामा संलग्नको खोजी तीब्र बनाउन र पक्राउ गरेर कारवाही गर्न निर्देशन दिए । उक्त बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलैन्द्र थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी लगायत सहभागी थिए ।

मंगलबार बिहान मिक्लाजुङ गाउँपालिका १ मा शिक्षक राजेन्द्र कुमार श्रेष्ठको विप्लव समूहले हत्या गरेका थिए । शिक्षक श्रेष्ठ स्थानीय सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक थिए ।

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले मोरङ मिक्लाजुङ गाउँपालिका १ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी स्वीकार गरेको थियाे । विप्लव नेकपाको मेची कोशी ब्युरोले मंगलबार साँझ विज्ञप्ति जारी गरी उनको हत्या गरेको स्वीकार गरेकाे हो ।

विप्लव नेकपाको मेची कोशी ब्युरोका इन्चार्ज प्रतापद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अपरेशन सञ्चालन गराएका थिए । २०७७ कात्तिक १२ गते ब्युरो इञ्चार्ज बसेको ठाउँमा प्रहरी अपरेसन गराएर ब्युरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएका थिए ।”

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१