थप १०५६ जनामा कोरोना संक्रमण : १४ जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ मंसिर २०७७, बिहीबार ०४:१९

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर पछिल्लो २४ घण्टामा १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थपिएका एक हजार ५६ जनासहित देशभर कोरोना संक्रमित हुनेको संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको छ । यीमध्ये १२ हजार २ सय ४५ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ४ सय ८३ जनाले कोरोना संक्रमण जितेका छन् । यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या २ लाख ३० हजार ५ सय ३७ पुगेको छ ।

यस्तै कोरोना संक्रमणबाट देशभर पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । थपिएका १४ जनासँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ५१ जना पुगेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१