बुढानिलकण्ठ नगरपालिकामा डाँडा खारेर बालुवा झिक्ने कार्य बन्द गर्न नगर प्रमुख खरेलले निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ मंसिर २०७७, बुधबार ०४:२१

काठमाडौं । बुढानिलकण्ठ नगरपालिकामा डाँडा खारेर बालुवा झिक्ने कार्य बन्द गरिएको छ। बुढानीलकण्ठ नगरपालिका वडा नं १३ कौडोल लगायत अन्य वडाहरुमा डाँडा खारेर बालुवा बेच्ने कार्य तुरुन्त बन्द गर्न नगर प्रमुख उद्धव खरेलले निर्देशन दिएका छन।
प्रमुखको निर्देशन पश्चात उप-प्रमुख रमा राईको नेतृत्वको अनुगमन टोलीले अनुगमन समेत गरी डाँडा खार्ने र बालुवा झिक्ने कामलाई बन्द गराएको छ।
जिल्ला वन कार्यालय, स्थानीय सामुदायिक वन उपभोक्ता समितिको सिफारिसमा त्यस स्थानको माटो कतै पैठारी नगर्ने सर्तमा नगरपालिकाले जग्गा सम्याउन सिफारीस दिएपनि सो अनुरुप काम नभएकोले कारवाहीको प्रक्रिया समेत अगाडी बढाएको नगरपालिकाले जानकारी दिएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा गैरकानुनी रुपमा प्रकृतिको दोहन भएको नगरपालिकामा निवेदन समेत परे पश्चात नगरपालिकाले कानुनी कारवाहीको प्रक्रिया अगाडी बढाएको छ।
नगरपालिकामा हुने गरेको गैरकानुनी रुपमा हुने गरेको प्राकृतिक दोहनमा जनप्रतिनिधि कै संलग्नता रहेको गुनासो नगर प्रमुख संग पुगे संगै उनले आवस्यक छानविन गर्न निर्देशन दिएका हुन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१