शिक्षकको हत्या आफूले गरेकाे चन्द नेकपाले स्वीकार गर्यो (विज्ञप्तिसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ मंसिर २०७७, बुधबार ०४:१३

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले मोरङ मिक्लाजुङ गाउँपालिका १ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी स्वीकार गरेको छ । विप्लव नेकपाको मेची कोशी ब्युरोले मंगलबार साँझ विज्ञप्ति जारी गरी उनको हत्या गरेको स्वीकार गरेको हो ।

विप्लव नेकपाको मेची कोशी ब्युरोका इन्चार्ज प्रतापद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अपरेसन सञ्चालन गराएका थिए । २०७७ कात्तिक १२ गते ब्युरो इञ्चार्ज बसेको ठाउँमा प्रहरी अपरेसन गराएर ब्युरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएका थिए ।”

विज्ञप्तिमा लामो समयदेखि श्रेष्ठले सुराकी गर्दै आएको र सच्चिन पटक पटक चेतावनी दिँदा नसुध्रिएको दाबी गरिएको छ । मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको शव हात बाँधेको अवस्थामा भेटिएको थियो ।

मंगलबार विहान ७ बजेतिर ४–५ जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले घरबाट अपहरण गरेर राजेन्द्रको हत्या गरेका थिए । घरबाट करिब १ किलोमिटर टाढा जंगलमा हात बाँधेर घाँटी रेटेको अवस्थामा उनको शव फेला परेको थियाे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१