सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो, अब नयाँ उचाइ ८८४८.८६ मिटर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ मंसिर २०७७, बुधबार ०४:०५

काठमाडौँ। सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टी मिटर बढेको छ । ८ हजार ८४८ मिटर उचाइ रहेको सगरमाथाको नयाँ उचाइ अब ८ हजार ८४८.८६ मिटर पुगेको छ ।

नेपाल र चीनले मापन गरेको नयाँ एक कार्यक्रमकाबीच पररष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यी ले सार्वजनिक गरेका हुन् ।

मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई स्वीकृति दिएपछि आज उचाई घोषणा भएको हो ।

सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गर्ने क्रममा दुई देशले संयुक्त रुपमा सगरमाथाको उचाइ मापन गर्ने सहमति भएको थियो जसअनुरुप यसअघि सर्वे अफ इण्डियाले सन् १९५४ मा सगरमाथाको उचाइ मापन गरेको थियो । सोही उचाइ नै अहिलेसम्म कायम थियो । अब सगरमाथाको नयाँ उचाइ लागू हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१