काठमाडौंमा बढ्न थाले कोरोना संक्रमित, सोमबार थप ४४२ जनामा संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ मंसिर २०७७, मंगलवार ०४:३७

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । सोमबार मात्र काठमाडौं उपत्यकामा थप ४४२ जनामा कोरोना संक्रमण देखिएको छ। १८८ महिला र २५४ पुरुषसहित ४४२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमाा सोमबार १ हजार १४ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परीक्षणका क्रमममा थप १ हजार १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ । त्यस्तै, कोरोनाका कारण थप २० जनाको मृत्यु भएको छ भने हालसम्म १६ सय १४ जनाको कोरोनाका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १६ सय २८ जना कोरोना मुक्त भएका छन् । हालसम्म नेपालमा दुई लाख २७ हजार ४३३ जना निको भएका छन् ।

हाल आइशोलेशनमा १२ हजार ९४८ जना रहेका छन् भने ५२७ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १७ लाख ९० हजार ७३९ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१