ओबामाको हाई स्कूलको जर्सीको मूल्य कति, बिक्रीमा विश्व रेकर्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ मंसिर २०७७, सोमबार ०५:०८

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाको हाई स्कूलमा बास्केटबल खेलमा लगाएको जर्सीको बिक्रीले विश्व रेकर्ड कायम गरेको छ । सन् १९७९ हवाईको पुनाहौं स्कूलमा बास्केटबल खेलमा लगाएको उनको जर्सी लिलामीमा १ लाख ९२ हजार डलरमा बिक्री भएको छ । लिलामीमा बिक्री भएको उक्त जर्सीका लागि अहिलेसम्मको सबैभन्दा बढी मोल हो । उक्त सेतो जर्सीको नम्बर भने २३ रहेको छ ।

सेवा निवृत्त एनबीएका प्रख्यात खेलाडी माइकल जोर्डन, अमेरीकी पूर्व राष्ट्रपति बाराक ओबामा र पूर्व एनएफएल क्वार्टर कोलिन क्यापरनिकले लगाएको जर्सीले शुक्रवार लिलामीमा विश्व रेकर्ड बनाएका थिए । शुक्रबार सम्पन्न चार दिने लिलामीमा एनबीए लस एन्जल्स लेकर्स स्टार लेब्रोन जेम्सको जर्सी पनि समावेश थियो । एनबीए अकेरिकामा बास्केटबल म्याच र सिरिज आयोजना गर्ने सबैभन्दा ठूलो संस्था हो ।


पाँच पटक एनबीए मोस्ट भ्यालुएबल प्लेयर र १४ पटक एनबीए अल–स्टार प्लेमेकरद्वारा लगाइएका जर्सीहरू लिलामीका लागि राखिएको थियो । यो सेतो जर्सी खेलाडी माइकल जोर्डनले आफ्नो पहिलो म्याच बुल्स क्लबका सदस्यका रुपमा लगाएका थिए । यो सेतो जर्सी पहिले पनि लिलाम बढाबढ भएको थियो । १८ जुलाइमा इन्डियानाको विरुद्ध सन् १९९८ को एक म्याचमा लगाएको जर्सी २ लाख ८८ हजार डलरमा लिलाम गरिएको थियो ।

ओबामाको २३ नम्बरको सेतो जर्सीलाई १ लाख ९२ हजार डलरमा लिलाम भएको छ । पूर्व राष्ट्रपति ओबामाले यो जर्सी सन् १९७९ मा हवाई राज्यको पुनाहौ स्कूलमा लगाएका थिए । यो कुनै पनि हाई स्कूलको जर्सी यति धेरै मूल्यमा बिक्री भएको नयाँ विश्व रेकर्ड हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१