घरमा दुई श्रीमती र चार छोराछोरी : तेस्रो विवाह गरेपछि वडाध्यक्ष पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ मंसिर २०७७, सोमबार ०५:०४

खलंगा । बहुविवाहको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । सल्यानको वनगाड कुपिण्डे नगरपालिका वडा नं. ९ का वडाध्यक्ष ईन्द्रबहादुर कुमाइ बहुविवाहको आरोपमा पक्राउ परेका प्रहरीले जनाएको छ । प्रहरीले कुमाइलाई जयतपानी बजारबाट प्रहरीले गएराति पक्रेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

श्रीमतीहरुको उजुरीमा वडाध्यक्ष कुमाइसहित उनकी कान्छी श्रीमती ग्वाँमी विष्टलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । घरमा दुईवटी श्रीमती र दुई श्रीमतीबाट ४ छोराछोरी छन् । तर, वडाध्यक्ष कुमाइले तेस्रो श्रीमतीकोरुपमा ग्वाँमी विष्टलाई भित्र्याएका छन् ।

सल्यानका प्रहरी प्रवक्ता लक्ष्मण ओलीले वडाध्यक्षमाथि अनुसन्धान सुरु भएको जानकारी दिएका छन् । वडाध्यक्ष कुमाइ र उनकी श्रीमती भनिएकी ग्वाँमीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उपचार थालिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१