२४ घण्टामा थप १०२४ जनामा कोरोना भाइरसको संक्रमण,१० जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ मंसिर २०७७, आईतवार ०६:०४

नेपालमा पछिल्लो २४ घण्टामा थप १०२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ७४ जनाको पीसीआर परीक्षण गरिएकोमा १०२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १४ हजार २५५ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २४ हजार ५३ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५७७ पुगेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१