काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले विद्यार्थी भेला गरेका छन् ।नेपाल कम्युनिस्ट पार्टीकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले शनिबार बस्ने सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भाग लिन्न भन्न नपाउने बताएकी छन् ।काठमाडौको थापाथलीस्थित इन्जिनियरिङ क्याम्पसमा भएको भेलालाई नेकपाका स्थायी कमिटी सदस्य र केन्द्रीय नेताहरुले सम्बोधन गरेका छन् ।दुईवटा प्रतिवेदन आउँदैमा पार्टी विग्रहमा नजाने भन्दै उनले सचिवालय बैठकमा संयमताका साथ बहस गर्न नेताहरुलाई आग्रह गरिएको बताइन् ।
विद्यार्थी भेलालाई सम्बोधन गर्न पुगेकी अर्का स्थायी कमिटी सदस्य पम्फा भुसालले पनि पत्रकारहरुसँग कुराकानी गर्दै शनिबारको बैठकमा अध्यक्ष ओली उपस्थित हुने विश्वास व्यक्त गरिन् ।
नेतृ भुसालले जसले समस्यामाथि छलफल गर्न सक्छ वा अन्तर विरोधको हल गर्न सक्छ त्यो मात्रै सही नेतृत्व हुने बताइन् ।
त्यस्तै अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले केपी ओली नेतृत्वको सरकारले समाजवादको कुरा गरे पनि पुँजीवादलाई नै सहयोग पुग्ने काम गरिरहेको बताए । उनले सरकारका प्रधानमन्त्रीले भ्रष्टाचारीको मुख नहेर्ने भाषण गरेपनि प्रधानमन्त्रीको वरिपरि भ्रष्टाचारी नै भ्रष्टाचारी रहेको दावी गरे ।
प्रतिक्रिया