दक्षता बढाउने शिक्षा आवश्यक छः शिक्षाविद् कोइराला

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ आश्विन २०७१, शनिबार १९:३८

 

काठमाडौं, ४ असोज ।

शिक्षाविद् विद्यानाथ कोइरालाले विद्यार्थीहरुको दक्षता अभिबृद्धि गर्ने खालको शिक्षा अत्यावश्यक भएको बताएका छन् । शनिबार राजधानीको जोरपाटीमा रहेको जया बहुमुखी क्याम्पसमा सञ्चालन गर्न  लागिएको व्यवस्थापन संकायमा स्नातकोत्तर तह कार्यक्रमको सम्भावना र चुनौतीका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शिक्षाविद् कोइरालाले विद्यार्थीहरुको क्षमताको विकासनै आजको आवश्यकता भएको बताए ।

DSC04791

शिक्षण सिकाईमा प्रवचन विधि अनुपयुक्त भएको भन्दै उनले छलफल विधिमा जोड दिनु उपयुक्त हुने धारणा राखे । ‘शिक्षकहरु पठ्यक्रममा मात्र आधारित हुँदा विषयबस्तुको ज्ञान अपर्याप्त हुन्छ’ उनले भने ‘त्यसकारण शिक्षकले समुदाय मार्फत पनि उनीहरुलाई सिकाउन सक्नु पर्दछ ।’ शिक्षक, अभिभावक र विद्यार्थीहरुबीच त्रिकोणात्मक समन्वय हुनुपर्ने बताउँदै  उनले शिक्षक प्राध्यापकले नयाँपुस्ताबाट पनि ज्ञानलिनु पर्ने धारणा राखे । ‘हामी कम्प्यूटर बिग्रिए छोराछोरीलाई भन्छौँ’ उनले भने ‘केही नयाँ कुरा सिक्न पनि नयाँ पुस्ताकै भर पर्नु पर्दछ ।’ कार्यक्रमा बोल्दै काठमाडौँ–३ का सभासद् रामेश्वर फुयालले पनि यस क्षेत्रको शिक्षाको विकासमा आफूले सक्दो सहयोग गर्ने धारणा राखे  ।

DSC04795

 

शिक्षाको विकासमा जया बहुमुखी क्याम्पसको भूमिकाको उच्च प्रशंसा गर्दै उनले भने, ‘उत्तरपूर्वी क्षेत्रको शिक्षाको विकासमा जया क्याम्पसको योगदान छ ।’ यस शैक्षिक सत्र देखि क्याम्पसले वाणिज्य तर्फ स्नातकोत्तर एमवीएस कार्यक्रम सञ्चालन गर्न लागेकोमा खुसी व्यक्त गर्दै कार्यक्रमलाई प्रभावकारी बनाउन आफू जस्तोसुकै सहयोग गर्न तत्पर रहेको उल्लेख गरे । त्यस्तै कार्यक्रममा काठमाडौँ–२ का सभासद् दीपक कुइँकेलले पनि शिक्षाको गुणस्तरीयतामा जोड दिए ।

DSC04785

‘हामीकहाँ प्राध्यापकहरुनै रोजगारी खोज्दै हिँड्नु पर्ने अवस्था छ’ उनले भने ‘त्यसकारकाण रोजगारी खोज्ने भन्दा पनि रोजगारी सिर्जना गर्ने शिक्षा अत्यावश्यक छ ।’  यसैगरी त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकायका सहायक डिन विष्णुहरी कोइरालाले पनि सम्वन्धन लिनुमात्रै ठूलो कुरा नभएको बताए ।  योजना बनाउन सजिलो भएको उल्लेख गर्दै त्यसको कार्यान्वयन पक्षमा उचित ध्यान पुर्याउनु पर्ने खाँचो औँल्याए । उनले व्यवस्थापन संकाय तर्फ स्नातकोत्तरमा विद्यार्थीको आर्कषण कम भएकाले विद्यार्थीहरुलाई आकर्षण गर्न उचित प्रचार–प्रसारमा जोड दिनु पर्ने धारणा राखे । कार्यक्रममा बोल्दै हिसानका उपाध्यक्ष रमेश सिलवालले त्रिविले विद्यार्थीको आकर्षण गर्न  नसकेको बताए । त्रिविले निजी कलेजलाई वीवीए, एमवीए लगायतका कार्यक्रम सञ्चालनका लागि अनुमती नदिएको भन्दै उनले त्यसकारण त्रिविबाट अन्यत्र विद्यार्थी स्थानान्तरण भएको बताए । ‘हामीकहाँ पढ्न नपाएर हजारौँ विद्यार्थी विदेशीएका छन्’ उनले भने ‘यसको नैतिक जिम्वेवारी त्रिविले लिनुपर्दछ । कार्यक्रममा समाजसेवी तथा एमाले नेता कृष्ण राईले पनि राजनीतिले शिक्षा क्षेत्रलाई उचित दिशा निर्देश गर्नुपर्ने बताए । ‘हामीकहाँ राजनीतिक व्यवस्था खराव हुँदा त्यसको असर सवत्र पर्यो’ उनले भने ‘त्यसको निदान अव शिक्षा क्षेत्रबाटै खोज्नु पर्छ ।’ कार्यक्रममा त्रिविका डा. अनन्तराज पौडेल, डा. विदुर फुयाल, क्याम्पस प्रमुख भवानी प्रसाद पौडेलले मन्तव्य राखेका थिए । काठमाडौँ उत्तरपूर्वी क्षेत्रमा रहेको उक्त क्याम्पसमा विज्ञान, मानविकी र व्यवस्थापन संकायमा दश जोड दुई, मानविकी र व्यवस्थापनमा स्नातक तह कार्यक्रम सञ्चालनमा छ भने व्यवस्थापनमा स्नातकोत्तर तह यसै वर्षबाट सञ्चालमा ल्याउन लागिएको हो । क्याम्पसमा सवै तह र संकायमा गरी कुल दुईहजार विद्यार्थी अध्ययनरत छन् । 

DSC04780

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१