४२९ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ मंसिर २०७७, बिहीबार ०५:४२

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशर ४२९ कोरोना संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ६४ जना भेन्टिलेटरमा र ३६५ जना संक्रमित आईसीयूमा उपचाररत छन् ।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १४४ रहेको छ भने ३४ जना भेन्टिलेटरमा छन् ।

यसैगरी लुम्बिनी प्रदेशमा ७२ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३२ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै प्रदेश २ मा ७ जना आईसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

यसैगरी सुदुरपश्चिममा ७ जना आईसीयू र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । गण्डकी प्रदेशमा ९४ आईसीयूमा र १२ जना भेन्टिलेटरमा तथा कर्णाली प्रदेशमा ९ जनाको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१