भर्याङ चढ्दाका नयाँ फाइदा के तपाईंलाई थाहा छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ मंसिर २०७७, मंगलवार ०६:१६

एजेन्सी । खासगरी मानिसहरु एकले अर्कालाई सल्लाह दिँदा लिफ्टको साटो भ-याङको भर्याङको प्रयोग गर्न सल्लाह दिन्छन् । फिटनेसका प्रति बढ्दो जागरुकता र थोरै मिहिनेतले आफूलाई चुस्त राख्न यो नै प्रभावकारी माध्यम हुने मानिसहरुको बुझाइ पनि छ । कोरोना महामारीको बेला भर्याङ चढ्दाका मानिसहरुलाई बेग्लै प्रकारको फाइदा पनि हुन सक्छ भन्ने बारेमा चर्चा गराैं ।

कोरोना महामारीको बेला सार्वजनिक स्थानमा जान र शारीरिक अभ्यास गर्न अहिले सबै तिर निकै नै कम भएको छ । यस्तो स्थितिमा शरीरमा बोसो बढ्ने, रक्तचाप बढ्ने, तनाव बढ्ने र शरीरका विभिन्न भागहरु दुख्ने समस्या भइनै रहेको छ । तर, तपाईंलाई सुन्दै अचम्म लाग्ला कि यी सबै समस्याहरुको एउटै उपाय भर्याङ चढ्ने र ओर्लिने हुनसक्दछ । अर्थात, यदि तपाईं दिनमा जति पटक सक्नुहुन्छ त्यति धरै पटक भर्याङ चढ्ने र ओर्लिने गर्नुहुन्छ भने तपाईंको शारीरिक र मानसिक रोगहरुबाट बच्न सक्नुहुन्छ । यो हामी भनिरहेका छैनौं, यसबारे हालै गरिएको एक रिसर्चले बताइरहेको छ । पहिलेदेखि नै एन्ग्जाइटी, स्ट्रेस या डिप्रेसन जस्ता समस्याहरुबाट तपाईं पीडित हुनुहुन्छ भने भर्याङ चढ्न र ओर्लिन तपाईंका लागि धेरै जरुरी भएको छ ।

एक अध्ययनमा छिमेकमा बस्ने मानिसको घर जाने र उनीहरुसँग केहीबेर कुराकानी गर्ने महामारीका कारण सम्भव नहुँदा यो विधि उपयोगी हुने बताइएको छ । यसो गर्दा तपाईले कोरोना भाइरसबाट बच्ने उपायका बारेमा भने ख्याल गर्न जरुरी भने छ । कोरोना महामारीमा शरीर र मनसँग जोडिएका ठूलो संख्यामा मानिसहरुलाई प्रभावित गर्ने बिरामीहरुलाई नियन्त्रण गर्ने उपायमा आधारित यो अध्ययन जर्नल साइन्स एडभान्समा प्रकाशित भएको थियो । यो रिसर्च जर्मनीका दुई अलग–अलक स्वास्थ्य संस्थाहरुले मिलेर तयार गरेका छिन् । यसको नाम कालर्सरुहे इन्स्टिट्यूट अफ टेक्नोलोजी र केन्द्रीय मानसिक स्वासथ्य संस्था हुन् । अनुसन्धानमा भर्याङ चढ्दा र ओर्लदा मस्तिष्कको कुन भागको केन्द्रीय भूमिका हुन्छ भन्ने पत्ता लगाइएको थियो ।

अनुसन्धानकर्ताहरुले मस्तिष्कमा सबजेनिकल सिंगुलेट कार्टेक्सको एक भाग सेरेब्रम कार्टेक्स मानिसको दैनिकको जीवन र गतिविधिहरुको बीच तालमेल बनाउनेमा महत्वपूर्ण भैमिका निभाउँछ । मानिसको भावना र मनोविकारहरुलाई सञ्चालन गर्ने यो मस्तिष्कको एक भाग हो । मस्तिस्कको यो भागमा ग्रे ब्रेन म्याटर कम भए साइकाइट्रिक डिसअर हुने आशंका धेरै हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१