६०औ किवानिस इन्टरनेशनल क्लब काठमाडौंमा गठन,सभापतिमा छेटुप तामाङ (फोटो फिचर सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ मंसिर २०७७, मंगलवार ०५:५२

काठमाडौँ। किवानिस इन्टरनेशनल क्लब नेपाल डीसट्रिकट अन्तर्गतको शंग्रिला होटलमा बसेको औपचारिक भेलाले ६०औ नया किवानिस इन्टरनेशनल क्लब “सुनकोशी नेपाल किवानिस क्लब” गठन भएको  छ । २५  सदस्यीय समितिले युवा पर्यटन ब्यबसायी तथा समाजसेवी छेटुप तामाङ निर्बिरोध सभापतिमा  चयन गरेका छन् भने प्रेसिडेन्ट इलेक्ट – सुबिन्द्र बुढा मगर, भाइस प्रेसिडेन्ट – शसि कुमार तितुङ्ग, सचिब – तेज बहादुर राम्जाली, कोषाध्यक्ष – कान्छा लामा, सहसचिब – रमिता श्रेष्ठ, सहकोषाध्यक्ष – हेमा गुरुङ्ग, मेम्बरशिप चेरपर्सन – विश्व राज तामाङ्ग, पिआर एण्ड मार्केटिङ्ग चेरपर्सन – रबि श्रेष्ठ, डाइरेक्टरहरु क्रमश: राज कुमार तामाङ्ग, राकेश तामाङ्ग, टक बहादुर गुरुङ्ग (टकेन्द्र), डेनी तामाङ्ग र कृष्ण बहादुर भुजेल, सदस्यहरु क्रमश: पासाङ्ग लामा, तुलसी प्रसाद श्रेष्ठ (ध्रुब),कुमारी घले, तेर्साङ्ग तामाङ्ग, पूर्ण बहादुर लिम्बु, मिनार्भा सापकोटा, दिलिप कुमार तामाङ्ग, धन लाल लामा, सुर्य घिमिरे, आशा लिम्बु र लहरे माझि (सुरेन्द्र) चयन भएका छन्। अमेरिकाको इन्डियाना हेडक्वाटर रहेको किवानिस इन्टरनेशनल क्लबले विश्वको ८० भन्दा धेरै मुलुकहरुमा बालबालिकाहरुको उज्जल भविष्यको लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा समाजसेवा गर्दै आइरहेको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल डीसट्रिकट गभर्नर बरिस्ठ पर्यटन ब्यबसायी तथा समाजसेवी मोहन लम्साल, बिशेष अतिथि डीसट्रिकट प्रेसिडेन्ट इलेक्ट बरिस्ठ कानुन ब्यबसायी एकराज पन्त, अतिथिहरु डीसट्रिकट भाइस प्रेसिडेन्ट लक्ष्मण लम्साल, डीसट्रिकट सचिब राज कुमार तामाङ्ग, डीसट्रिकट प्रशिक्षक मनिसा बिमली लगायतको उपस्थिति रहेको थियो।No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१