उपत्यकामा थपिए ८२२ कोरोना संक्रमित, १० को मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ मंसिर २०७७, शनिबार ०६:२२

काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७९ महिला र ४४३ पुरुष गरी ८२२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार १२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५९९ , ललितपुरमा १६० र भक्तपुरमा ६३ जनामा कोरोना स‌क्रमित थपिएका हुन् ।

त्यसैगरी सो अवधिमा काठमाडौंमा ३, ललितपुर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्रै कोरोना स‌क्रमितको संख्या ८६ हजार ३७१ पुगेको छ जसमध्ये ३४२ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७८ हजार १६२ छ।

त्यस्तै ललितपुरमा १२ हजार ९६४ जना संक्रमित भएका छन्। जसमा १०३ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ३१५ जना निको भएका छन्।

भक्तपुरमा हालसम्म ७ हजार ७८९ संक्रमितमध्ये ८९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ९२ जना निको भइसकेका छन्।

मन्त्रालयको तथ्यांक अनुसार काठमाडौमा ७ हजार ८६७, ललितपुरम १ हजार ५४६ र भक्तपुरमा ६०८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१