काठमाडौं उपत्यकामा थपिए ७८५ कोरोना संक्रमित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ मंसिर २०७७, शुक्रबार ०५:२७

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३७ महिला र ४४८ महिला गरी ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै उपत्यकामा स‌क्रमितको संख्या १ लाख ६ हजार ३०२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६२०, ललितपुरमा ११४ र भक्तपुरमा ५१ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, आज काठमाडौंमा ४ र ललितपुर ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्र ८५ हजार ७७२ जना संक्रमित भएका छन्, जसमध्ये ३३९ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७७ हजार ७८९ छ।

ललितपुरमा १२ हजार ८०४ जना संक्रमित भएका छन्। जसमा ९६ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार २१४ जना निको भएका छन्।

भक्तपुरमा ७ हजार ७२६ संक्रमितमध्ये ८९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ४८ जना निको भइसकेका छन्।

मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा ७ हजार ६६४, ललितपुरम १ हजार ४९४ र भक्तपुरमा ५८९ जना संक्रमित रहेका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१