काठमाडौँ। ३ करोड रूपैयाँभन्दा बढी रकम ठगीको आरोपमा नेपाल इञ्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् ।
नेपाल इन्जिनियरिङ कलेजले ३ करोड ७१ लाख रुपैयाँ ठगेर न्यौपाने सम्पर्कबिहिन भएको उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का निर्देशक डीआईजी सहकुल थापाले जानकारी दिए ।
उनलाई बुधबार दिउँसो काठमाडौंबाट पक्राउ गरिएको थापाले जानकारी दिए । न्यौपानेमाथि थप अनुसन्धान भइरहेको छ ।
तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा पनि न्यौपाने मुछिएका थिए । रामेछाप मन्थली नगरपालिका-८ का न्यौपाने हाल काठमाडौं-४ चण्डोल बसोबास गर्दै आएका छन् ।
प्रतिक्रिया