बुढानिलकण्ठ वडा नं १२ मा विद्यालय संचालनका लागि प्रधानाध्यपकहरु संग अन्तरक्रिया

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ मंसिर २०७७, बिहीबार ०४:५३

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं १२ ले वडा भित्र रहेका विद्यालयहरुमा पठन पाठनका लागि सरोकारवालाहरु संग अन्तरक्रिया गरेको छ। वडा नं १२ ले वडा भित्र संचालनमा रहेका ८ वटा विद्यालयका प्रधानाध्यापकहरु संग विद्यालय संचालनका लागि गर्नुपर्ने तयारीका वारेमा अन्तरक्रिया गरेको थियो ।

वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई ,नगर कार्यपालिका सदस्य शान्ता ढकालको उपस्थितिमा भएको सो अन्तरक्रियामा पुष्पलाल मावी,त्रिज्योति मावी ,प्रशान्ति एकेडेमी ,पायोनियर एकेडेमी ,मन्जुश्री मावी ,लिटलमुन मावी ,घटराज मेमोरियल मावीका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो।

लामो समयको लकडाउन र कोरोना संक्रमणका कारण बन्द रहेका विद्यालयमा पठन पाठन संचालनका लागि अपनाउनु पर्ने सुरक्षा मापदण्ड र स्वास्थ्य सावधानीकाका वारेमा छलफल गरिएको बताउदै वडा अध्यक्ष शम्भु भट्टराईले यसका लागि विद्यालयहरुले अभिभावक संग छलफल गर्ने निर्णय गरिएको जानकारी दिएका छन।

नियमित रुपमा विद्यालय संचालन नहुँदा विद्यार्थी र अभिभावकहरुले धेरै समस्या भोगेको बताउदै नगर शिक्षा समिति सदस्य समेत रहेकी कार्यपालिका सदस्य ढकालले सो अन्तरक्रियामा कक्षा व्यवस्थापन, अभिभावकहरु संग सम्पर्क र तहगत रुपमा पठन पाठनका लागि समय व्यवस्थापन लगायतका विषयमा छलफल गरेको जानकारी दिएकी छन।

सो अन्तरक्रियामा सहभागी प्रधानाध्यापकहरुले आफु विद्यालय संचालनका लागि तयार रहेको बताउदै आवस्यक तयारी गर्ने बताउदै सहयोगका लागि वडा कार्यालय संग अनुरोध गरेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१