वैज्ञानिकले बनाए एउटा कोठाबाट अर्को कोठामा मोबाइल चार्ज गर्न मिल्ने डिभाइस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ मंसिर २०७७, बिहीबार ०४:३९

एजेन्सी । कस्तो होला यदी तपाई आफ्नो स्मार्टफोन वा ल्यापटप चार्ज गर्न तार जोड्न नपरोस् । वायरलेस चार्जिङ्ग टेक्नोलोजी पहिले नै स्मार्टफोनहरुको भाग बनिसकेको स्थितिमा पनि डिभाइसलाई चाजिङ्ग प्याडमा राख्नुपर्ने पर्ने हुन्छ । अब वैज्ञानिकहरुले यस्ते डिभाइस बनाउँदै छन्, जसको सहायताले एक कोठाबाट अर्को कोठामा राखेको मोबाइल वा ल्यापटप चार्ज गर्न सकिन्छ ।

पछिल्ला केही समयमा स्मार्टफोनहरुको चार्जिङ्ग गर्ने प्रविधिमा धेरै नै सुधार आएको छ । कतिपय कम्पनीहरुले सुपर–फास्ट वायरलेस चार्जिङ्गको सुविधा दिएका छन् । स्मार्टफोहरुमा अब टछध् सम्म फास्ट चार्जिङ् पाइरहिएको छ । त्यसैगरी कतिपय कम्पनीहरुले त ज्ञद्दछध् सम्मका फास्ट चार्जिङग ल्याइसकेका छन् । वाइरलेस चार्जिङ्गका लागि अब वैज्ञानिकहरुले एक अनौठो डिभाइस तयार गरेका छन् ।

उनीहरुले एक एन्टी–लेजर डिभाइसको विकास गरेका छन् र वैज्ञानिकहरुले यसको मद्दतबाट एउटा कोठाबाट अर्को कोठासम्म बीम इनर्जी पठाउन सकिने बताएका छन् । यसरी अदृष्य किरण इनर्जीको सहायताले युजर्स टाढा बसेर कुनै फोन वा ल्यापटप चार्ज गर्न सक्नेछन् । यसको अर्थ आफ्नो कुनै पनि डिभाइसलाई कुनै चार्जरमा नजोडी वा वायरलेस चाजिङ्ग प्याडमा नराखी चार्ज गर्न सकिने भन्ने हुन्छ ।

नयाँ डिभाइसमा लेजर डिभाइसको सहायताबाट लाइट पार्टिकल्स वा फोटोन्स एक रोमा निस्किन्छ । यसबाट ठीक उल्टो एन्टी–लेजर डिभाइस विपरित दिशामा एक पछि अर्को फोटोन्सलाई तान्दछ । यो टेक्नोलोजी प्रदर्शन गर्दै वैज्ञानिकहरुले पठाइएको पावरको करीब ९९.९९ प्रतिशत टाढा राखिएको डिभाइसले ग्रहण गर्न सक्नेछ । यस्तो बीचमा कुनै अवरोध नभएको अवस्थामा र इलेक्ट्रोनिक्स मुभ भएको अवस्थामा सम्भव हुने बताए ।

यसलाई विशेष खालको करेन्ट फरफेक्ट एब्जब्र्शन नाम दिएको छ । यद्दपी यसमा केही समस्याहरु भने अझै रहेको वैज्ञानिकहरुले बताएका छन् । तर आउँदा दिनहरुमा यसलाई अझै परिस्कृत गर्दै लैजाने उनीहरुको जिकिर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१