ओलीद्वारा चुनावी सरकारको नेतृत्व लिन देउवालाई प्रस्ताव !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ मंसिर २०७७, सोमबार ०३:३२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिबार अर्थपूर्ण भेटवार्ता गरेका छन् ।

बालुवाटारमा दिउँसो ३ बजेदेखि बेलुकी ६:१० बजेसम्म गरेको भेटवार्तामा नेकपाभित्रको विवाद, त्यसले निम्ताउने समस्या र आउँदो रणनीतिका विषयमा छलफल भएको देउवा निकट नेताहरुले बताएका छन् । तर, देउवाका स्वकीय सचिव भानु देउवाले विश्वविद्यालयका पदाधिकारी नियुक्तिका विषयमा मात्रै छलफल भएको बताएका छन् ।

देउवालाई चुनावी सरकारको नेतृत्व

ओली र देउवाबीच लामो भेटवार्तापछि नेकपाका शीर्ष नेताहरुले पनि देउवासँग कुराकानी गरेका छन् । प्रचण्ड नेपाल निकट एक नेताले देउवासँग अ‍ोलीले सत्ता सहकार्यका विषयमा छलफल गरेका बताएका छन् । नागरिकखबरसँग उनले भने, ‘देउवालाई चुनावी सरकारको नेतृत्व दिन र अहिले नेकपा विभाजन गर्न सहयोग गरेमा सरकारमा कांग्रेसको सहभागिताको कुरा गरिएको कुरा देउवाले भन्नु भएको कुरा आएको छ । उहाँ निकट नेताहरुले पनि त्यहीँ कुरा गर्नु भएको छ ।’

देउवा निकट एक नेताले पनि भेटवार्तामा प्रचण्डले आफूमाथि लगाएको आरोप स्वीकार नगर्ने र बरु नयाँ तरिकाले पार्टीलाई एक्लै बढाउने बताएका जानकारी दिएका छन् । ओलीले देउवासँग भने, ‘आउँदो सचिवालय बैठकसम्म कुनै एकजनाले साथ दियो भनेमात्र प्रस्ताव पास हुँदैन । अघि बढ्यो भने म प्रधानमन्त्रीबाट पनि हट्नुपर्छ । कांग्रेसले साथ दियो भने म सरकारमा रहिरहन सक्छु । त्यसका लागि मैले के के गर्नुपर्छ गर्छु ।’

देउवाले चुनावी सरकारको नेतृत्वको अफर आएको कुरा उनी निकट नेताहरुलाई बताएका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधव कुमार नेपालसहितका नेतासँग पनि कांग्रेस नेताहरुले ओलीले सत्ता सहकार्यका लागि प्रस्ताव गरेको जानकारी गराएका स्रोतको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१