एउटै औँठीको मूल्य ३३ करोड रुपैयाँ !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ मंसिर २०७७, बिहीबार ०४:३१

एजेन्सी । हिरा जडिएको औँठी पाए कसलाई मन नपर्ला र ? तर, एउटा औँठीको मूल्यले विश्व रेकर्ड बनायो भने त्यो औँठी कसलाई हेर्न मन नलाग्ला ? यस्तै भएको छ जेनेभामा ।

बुधबार जेनेभामा एउटा औँठी करिब ३३ करोड नेपाली रुपैयाँमा बिक्री भएको छ । उक्त लिलामीमा प्याजी रंगको हिरा जडिएको उक्त औँठी २ दशमलव ७७ मिलियन डलरमा बिक्री भएको हो ।

समाचार एजेन्सी एएनआईकाअनुसार १ दशमलव ०५ क्यारेटको हिरा जडिएको उक्त औँठीमा प्लाटिनम र सुनको प्रयोग गरिएको थियो । उक्त हिराको अद्भुत रंगका कारण औँठी अत्यधिक मूल्यमा बिक्री भएको बताइएको छ ।

उक्त औँठीलाई टियरा जेम्स तथा ज्वेलरीले खरिद गरेको हो । उक्त ज्वेलरी दुबईमा रहेका भारतीय विज्ञ आशिष विजय जैनको स्वामित्वमा रहेको छ । जैनले बढ्दै गरेको आभूषण उद्योग र उपभोक्ता भावनालाई मध्यनजर गर्दै औँठी खरिद गरेको बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१